• Wednesday 28th of October 2026

प्रधानमन्त्रीको आग्रह : म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा/माला प्रयोग नगर्नुस्


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि प्रयोग नगर्न आग्रह गरेका छन्।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ।

प्रधानमन्त्री ओली गत आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖