• Wednesday 28th of October 2026

आज यी नदीमा आकस्मिक बाढीको जोखिम


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोला आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहेपनि उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी, दर्चुला आसपासका जिल्लाभई बहने स–साना नदीहरूमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेकोले महाशाखाले जानकारी दिएको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖