• Wednesday 28th of October 2026

लोकसेवाको वार्षिक तालिका सार्वजनिक, कुन निकायको विज्ञापन कहिले ?


  • धनकुटा खबर
  • .

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूका विभिन्न पदहरूमा विज्ञापन आह्वान गर्ने समय तालिका सार्वजनिक गरेको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै विगत वर्षझैं यस वर्ष पनि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । वार्षिक कार्यतालिका अनुसार कर्मचारी आवश्यकताको विज्ञापन साउनदेखि सुरु भएर चैत महिनासम्म जारी रहनेछ ।

कार्यतालिका अनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशित हुनेछ । त्यस्तै, राजपत्रांकित तृतीय श्रेणीको कात्तिक अन्तिम बुधबार, राजपत्र अनंकित प्रथम श्रेणीको पुस अन्तिम बुधबार विज्ञापन आह्वान हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖