• Wednesday 28th of October 2026

सिंहदरबारमा कार्यकर्ताको भिड लागेपछि प्रधानमन्त्री अ‍ोलीले भने: मलाई बधाई म्यासेन्जरबाटै दिनू


  • धनकुटा खबर
  • .

काठमाडौं,२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यम अपनाउन आग्रह गरेका छन्।

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा समयको बचत हुने उल्लेख गर्दै भेटमा पनि खादामाला प्रयोग नगर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन्।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ’, ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा(माला प्रयोग नगर्न अनुरोध गर्छु।’

एमाले अध्यक्ष ओली नेपाली कांग्रेससहितका दलको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖