• Wednesday 28th of October 2026

कोशी प्रदेश अध्यक्ष खतिवडालाई लिएर कतार उडे ईश्वर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।

आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका हुन् ।

पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गरेका छन् । अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖