• Wednesday 28th of October 2026

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन्।

बुधवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदुत चेनले बताएका छन्।

राजदुत चेनले भनेका छन्, ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं। हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं।’

यसअघि मंगलबार परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖