• Wednesday 28th of October 2026

अड्किएका सबै यात्रुलाई निकालियो..


  • धनकुटा खबर
  • .

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ ।विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए ।महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो ।

तर कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो ।

चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै
समयमा जेनेरेटर चलाउन नसकिएपछि केवलकारको डिब्बामा अड्किएका यात्रुलाई झार्न थानकोट बृत्तको प्रहरी पनि पुगेको थियो ।

यात्रुको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि गएको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सशस्त्रको टोलीसमेत गएर केवलकारमा अड्किएका यात्रुलाई लठ्ठा तानेर झार्न सघाएको बताए ।

जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन् ।

८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारिएको हो । त्यसपछि केवलकार सञ्चालनमा आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖