• Wednesday 7th of October 2026

साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा


  • धनकुटा खबर
  • .

एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ ।

सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा भएको छ।

रइदका मोहम्मद फौजाइरले ४९ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖