• Wednesday 7th of October 2026

युट्युबर बनेका रोनाल्डो भन्छन्- ‘सब्सक्राइबरमा मिस्टर बिस्टलाई जित्छु’


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेपछि अनेक रेकर्ड बनिरहेका छन् । अब उनले युट्युबमा सर्वाधिक सब्सक्राइबर भएका मिस्टरबिस्टसँग प्रतिस्पर्धा गर्ने योजना बुनेका छन् ।

“मैले हराउनुपर्ने नै मिस्टर बिस्ट हुन्,” सोमवार उनले एक अन्तर्वार्तामा भनेका छन् ।

गत २१ अगस्टमा युट्युब च्यानल खोलेपछि रोनाल्डोलाई करोडौं प्रशंसकहरूले पछ्याइरहेका छन् । अहिले जुन रफ्तारमा रोनाल्डोको च्यानलमा सब्सक्राइबरको संख्या बढिरहेको छ, त्यसका आधारमा भविष्यमा रोनाल्डोले मिस्टर बिस्टलाई उछिन्ने आँकलन भइरहँदा रोनाल्डो स्वयंले यसबारे मुख खोलेका हुन् ।

तर यो प्रतिस्पर्धा सजिलो भने पक्कै छैन। मिस्टरबिस्ट ३० करोड सब्सक्राइबर पार गर्ने पहिलो युट्युबर बनेका थिए, र पछिल्लो केही हप्तामा मात्रै उनले उनले थप एक करोड ३० लाख सब्सक्राइबर बटुलेका छन् ।

हाल, रोनाल्डोको युट्युब च्यानलमा पाँच करोड ५८ लाख सब्सक्राइबरहरू छन् । मिस्टरबिस्टले भने रोनाल्डोको भन्दा २७ करोड ५२ लाख बढी अर्थात् ३३ करोड १० लाख सब्सक्राइबर पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖