• Wednesday 7th of October 2026

रोनाल्डोले गरे कीर्तिमानी ९००औं गोल


  • धनकुटा खबर
  • .

एजेन्सी – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९००औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

नेसन्स लिगमा क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका लागि ३९ वर्षीय रोनाल्डोले गोल गर्दै २–० को जित दिलाए।

यो गोल उनको देशका लागि १३१ औं गोल हो भने उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हालको क्लब अल नासरका लागि क्लब स्तरमा गोल गरेका छन्।

उनले ७ अक्टोबर २००२ मा १७ वर्ष आठ महिना तीन दिनको उमेरमा पोर्चुगलको स्पोर्टिङका लागि दुई गोल गरेका थिए। सन् २००९ मा विश्व कीर्तिमानी ९४ मिलियन युरोमा रियल मड्रिडमा सामेल हुनुअघि उनी म्यानचेस्टर युनाइटेडमा सरेका थिए।

युभेन्टसमा सामेल हुन इटाली जानुअघि स्पेनिस जायन्ट्समा नौ वर्षमा उनले ४३८ खेलमा ४५० गोल गरेका थिए। उनले इटालियन क्लबको साथ आफ्नो तीन वर्षको दौडान युनाइटेडमा फर्कनु अघि आफ्नो तालिकामा थप १०१ गोल थपे। जहाँ उनले ५४ खेलमा २७ गोल गरे।

तर उनको खेल यात्रा रोर्किन्। उनी अहिले साउदी अरबको अल–नासरबाट खेलिरहेका छन्। उनले अहिलेसम्म ६८ गोल गरिसकेका छन्।

रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेसीले अहिलेसम्म ८ सय ६७ गोल गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖