• Wednesday 7th of October 2026

८ मार्की खेलाडी आबद्ध भएको टोली छनोट, मार्की खेलाडीले जनही २० लाख पाउने


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीमा आबद्ध भएका मार्की खेलाडी घोषणा गरिएको छ।

यसअघि क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा घोषणा गरेको थियो।
आज काठमाडौंमा गोलाप्रथामार्फत् खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो। मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउने बताइएको छ।

रोहित पौडेल – लुम्बिनी
दिपेन्द्रसिंह ऐरी – सुदूरपश्चिम
कुशल भुर्तेल – पोखरा
सोमपाल कामी – कर्णाली
करण केसी – काठमाडौं
सन्दीप लामिछाने – विराटनगर
आसिफ शेख – जनकपुर
कुशल मल्ल – चितवन

एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैले पहिलो पटक आयोजना गर्न लागेको हो।

क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖