• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

मन्त्री पाण्डेको सक्रियतामा ‘क्याबिन क्रु’ र सरकारबीच सहमति,आन्दोलन फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारकर/ परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन्। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थीतिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारकर/ परिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ। त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचारधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुईपक्ष सहमत भएका छन्।

आन्दोलन फर्तासँगै विमान परिचालिका एवम् परिचालकहरूले आजैबाट काममा फर्किएका छन्। निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वौच्च अदालतमा रिट निवदेन दिएका थिए।

उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖