काठमाडौं ,कात्तिक २० – धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ९०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर तीन हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
