काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गरेको छ ।
असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।
२०७८ चैतमा गभर्नर अधिकारीलाई निलम्बन गर्दै जाँचबुझ समिति गठन गरिएको थियो ।
गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो ।
समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए ।
