• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको दाबी टिकेन ३ दिन पनि,माओवादीको वाम दलसँग तालमेल गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ ।

स्थानीय तहका रिक्त ३४ पदमा आसन्न मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

प्रचण्डले आइतबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा माओवादी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए ।

तर, उनको दाबी तीन दिन पनि टिकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖