• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

एमालेका नेता/कार्यकर्तालाई ओलीको दसैं ‘सरप्राइज’, पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास भोलि


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असोज । नेकपा (एमाले) ले भोलि पार्टी केन्द्रीय कार्यालयको भवनको शिलान्यास गर्ने भएको छ ।

कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको ११ रोपनीभन्दा बढी क्षेत्रफलमा एमाले केन्द्रीय कार्यालय बन्दैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । भोलि (शुक्रबार) १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए ।

पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖