• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोकतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी बिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन।’

उनले विगतको स्मरण गराउँदै भनेका छन्– ‘२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह बिचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ। भनाइ पनि छ– इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्।’

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्‍याओस् भन्दै उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖