• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा ३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक


  • धनकुटा खबर
  • .

काठमाडौं : यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।

सेनाका अनुसार नेपालले नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖