• Tuesday 6th of October 2026

‘पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं । विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रुपमा कीर्तिमान रचेको छ । प्रदर्शनको दशौं दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको १० दिनसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ । फिल्मले यो अवधिसम्म देशब्यापी १७ करोड ९८ लाखको कमाइ गरेको छ ।

यसअघि एकैदिनमा धेरै कमाउने फिल्मको रेकर्ड ‘कबडडी ४’सँग थियो जसले पहिलो दिनमै २ करोड ९० लाख ग्रस (३ करोड हाराहारीमा) कमाइ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖