• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

उपनिर्वाचनमा महिन्द्रा राय नेतृत्वको नेसपाले माओवादी केन्द्रलाई सहयोग गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ ।

२०७९ सालमा सम्पन्न सङ्घ र प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर सहभागी भएको सो पार्टीले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पनि सोही चुनाव चिन्ह लिएर माओवादी केन्द्रलाई सहयोग गर्ने भएको हो ।

शनिवार सो पार्टीका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावमा पालिका र वडा तहमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

आइतबार उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖