• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रास्वपाको नौटङ्की : मनोनयन दर्ता नै नगरेका उम्मेदवारलाई धम्क्याएको उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं । निर्वाचनमा जीत नहुने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनोनयन नै दर्ता नगराएका आफ्नो पार्टीका उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गाएको छ ।

कात्तिक १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको मिति तोकिएकोमा त्यसको अघिल्लो दिन नै आफ्नो पार्टीका उम्मेदवारलाई अपहरण गरेर धम्क्याएको उजुरी सो पार्टीले निर्वाचन आयोगमा दर्ता गराएको छ । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला मंसिर १ गते दिउँसो एक बजे तिर उहाँ र उहाँका पति बल थापालाई ४०÷४५ जना युवाको समूहले घरबाट लछारपछार गरी अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगी धम्क्याएर मनोनयन दर्ता गर्नबाट रोकेको सो पार्टीको आरोप छ ।

थापालाई रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिएकोले असुरक्षाका कारण उम्मेदवारी दिन नसक्ने मनस्थितिमा पुगेको सो पार्टीले निर्वाचन आयोगमा बुझाएको निवेदनमा उल्लेख छ । पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिनुभएको उजुरीमा सो कार्य नेपाली कांग्रेसका कार्यकर्ताले गरेको जनाइएको छ ।

हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट भएको सो पार्टीको आरोप छ ।

मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको उसको आरोप छ । ‘यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाक धम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यस प्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौँ, यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन सकेन’, उजुरीमा लेखिएको छ ।

स्थानीय प्रशासनले भने थापा अपहरणमा पनि नपरेको र कुनै सुरक्षा खतरा पनि नरहेको स्पष्ट पारिसकेको छ । फरक राजनीतिक पृष्ठभूमि भएकी थापालाई रास्वपाले नै जबरजस्ती उम्मेदवार बनाउन खोजेकोमा उहाँले अस्वीकार गरेको स्थानीय प्रशासनले स्पष्ट पारेको छ । नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमि भएकी थापालाई रास्वपाले उम्मेदवार बनाउन खोजेको थियो ।

आफूले उम्मेदवार बनाऊ खोजेको व्यक्ति उम्मेदवारी दिन तयार नभएपछि रास्वपाले अन्य दललाई दोषारोपण गर्न खोजेको छ । सो स्थानमा आफ्नो पार्टीले जित्ने निश्चित नभएको कारण हामीलाई उम्मेदवारी दर्ता गर्न नै दिइएन, नत्र जित्थ्यौँ भन्ने प्रपञ्च रच्न सो पार्टीले उजुरी दिएको देखिन्छ । अन्यथा आज उम्मेदवारको मनोनयन दर्ता गराउने समय बाँकी हुँदै आयोगमा उजुरी दिनुले उसको नियत प्रष्ट भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖