• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

बयानका लागि रविलाई भोलि काठमाडौं ल्याइने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौं ल्याइने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएसँगै काठमाडौं ल्याउने भएको हो।

उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖