काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं लैजाने प्रक्रियामा ढिलाइ भएको छ ।
आज (मंगलबार) बिहान साढे ९ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
