• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

कुलमानविरुद्ध सरकारले बनाएको आयोगमा बस्न मानेनन् पूर्वमुख्य न्यायाधीश पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ मंसिर । उच्च अदालत जनकपुरका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङमाथि छानविन गर्न सरकारले बनाएको न्यायिक आयोगमा बस्न अस्वीकार गरेका छन् ।

पूर्वमुख्य न्यायाधीश पोखरेलले आयोग गठन हुनुभन्दा अघि आफूसँग कुनै सहमति नलिइएको र आफ्नो व्यस्तता देखाउँदै आयोगमा बस्न नमानेका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानविरुद्ध जाँचबुझ गर्न पूर्व मुख्यन्यायाधीश पोखरेलको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖