• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

एमालेका नेताहरु कुचुकुचु गर्नुहुन्छ, बालेनजी पनि सिंगौरी खेलिरहनुभएको छः शेरबहादुर तामाङ


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीका केही नेताहरुले कुचुकुचु गरेको कारण काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले एमालेविरुद्ध सिंगौरी खेलिरहेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र मेयर बालेनबीचको टकराव आफूलाई कतिपनि मन नपरेको बताए ।

उनले एमालेका नेता र बालेनलाई सिंगौरी नखेल्न सुझाव दिए । ‘अलिअलि खटपट देखिएको छ । एमालेका पनि केही नेताहरु कुचुकुचु गर्नुहुन्छ, यो प्रति मेरो पनि सहमति छैन ।

उहाँ पनि किन हो एमालेसँग सिंगौरी खेलिरहनुभएको छ, धेरै नखेल्नुस्, काम गर्नुस् । एमाले भएपनि काम गर्नु, बालेनजी भएपनि काम गरेर देखानु,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖