• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

लामिछानेलाई आज साँझ बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ ।

सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएपछि उनलाई ल्याउन लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖