• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौँ-१६ मा रास्वपा विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर-१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका छन्।

यस्तै, अर्का नेपाली काँग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भएका छन् ।

गत निर्वाचनमा यो वडामा कांग्रेसका दिवंगत नेता मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖