• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसले अग्रता लिँदा पछ्याउँदै एमाले, हर्क साम्पाङका उम्मेदवारले कति ल्याए ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ ।

सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन्।

यहाँ नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले ९७८ मत ल्याएका छन्।

नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान मानवले ५२० मत ल्याएका छन् । उनी धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖