• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पहिले जितेको ककनीमा भारी मतले हार्यो काङ्ग्रेस, महत र केसी जिम्मेवार


  • धनकुटा खबर
  • .

नुवाकोट । कांग्रेसका केन्द्रीय नेताहरु अर्जुननरसिहं केसी र प्रकाशशरण महत प्रमुख अतिथि बन्ने विषयमा विवाद हुँदा फरक फरक दिन कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए । कांग्रेस कार्यक्रम आयोजकहरुले दुई दिन कार्यक्रम गरेर भाषण गर्न समय खर्चे तर त्यसको परिणाम भने शुन्य भैदियो ।

यति हुँदा पनि बोलीमा एक भएको बताएका नेताहरु एकले अर्कोको विरोध गरिरहेको देखिन्थ्यो । नेताहरुको जुँगाको लडाईलाई ककनीका मतदाताहरुले राम्रैसँग नियालिरहेको अवस्था थियो । जसले गर्दा कांग्रेसलाई निकै घाटा लागेको देखियो ।

अर्कोतर्फ टिकट वितरणमा देखिएको निराशाजनक अवस्थाका कारण पनि कांग्रेसमा असन्तुष्टि बढेको देखिन्थ्यो, जसको घरमा पार्टी कार्यालय राखेर कांग्रेस सञ्चालनको जिम्मेवारी दिइएको थियो तर उनले टिकट पाएनन् । टिकटको आश्वासनसहित लागेका उनले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन नै पार्टी कार्यालय बन्द गरेर कांग्रेस नेताहरुलाई बाहिरै पारिदए र आफू रास्वपाका उम्मेदवार बने, जसले पनि कांग्रेसलाई घाटा हुन पुग्यो ।

यद्यपि विकास निमार्णका काम त कांग्रेसबाट नै भएको देखिन्थ्यो , माओवादी नेताहरु मन्त्री हुँदा पनि खासै काम गर्न सकेको जनताले आभास गरेका थिएनन् तर पनि कांग्रेसभित्रको अनुशासनहिन चरित्रले नै कांग्रेसलाई सिध्याएको कांग्रेसभित्र नै बहस भने भैरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖