• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा निर्वाचित, कांग्रेस-एमाले गठबन्धन पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् ।

कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् । उनले सत्ता गठबन्धनकी केशकुमारी तुलाचनलाई हराएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।

पुथा उत्तरगंगामा माओवादीको गढ मानिन्छ । त्यहाँ एमालेको चुनाव चिन्हबाट कांग्रेसले तुलाचनलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖