• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा रवि लामिछानेको बयान सकियो, भोलि पोखरा लगिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट मुद्दा चलाइएका लामिछानेको काठमाडौंमा लिइने बयान सकिएको छ । लामिछानेसँग शुक्रबार, आइतबार र आज बयान लिइएको हो ।

काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई भोलि कास्की प्रहरीकै हिरासतमा पठाउने तयारी भएको छ ।

लामिछाने माथि देशका विभिन्न सहकारी ठगीको मुद्दा छ । पोखरा पुर्‍याउने बित्तिकै लामिछानेलाई बयानका लागि चितवन लगिँदै छ । जिल्ला प्रहरी कार्यालय चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा लामिछाने विरुद्ध जाहेरी परेको छ ।

पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖