डोल्पा।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे।
