• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

महानगरमा महिला वडाध्यक्ष प्रवेश गराउन सफल भयौँ : रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको छ । स्थानीय तहको मतपरिणामपछि रास्वपा सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको हो ।

लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको रास्वपाले उल्लेख गरेको छ । रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।

रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो । काठमाडौं महानगरपालिका वडा नं. १६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामीले एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖