काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ मा जारी मतगणनाम माओवादीका भरत घिमिरेले अग्रता कायमै राखेका छन् ।
उनले २७७ मत ल्याउँदा नेकपा एमालेका मोहन खड्काले २४९ मत पाएका छन् ।
नेपाली कांग्रेसका नबिन बस्नेतले १८८ मत पाएका छन् भने जसपाका राजकुमार राईले १०३ मत पाएका छन् । रास्वपाका तेजमाम बिकले ४४ मत पाएका छन् ।
हालसम्म ९०० मत गणना गर्दा २१ मत बदर रहेको छ ।
