• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बतायो ।

यस्तै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख समेत रहेका अमिक शेरचनलाई पनि माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए। उनी कात्तिक २६ गतेदेखि नै नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖