• Saturday 17th of October 2026

लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖