• Saturday 17th of October 2026

श्री एयरलाइन्सको जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थलको धावनमार्गमा कुकुर दौडिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौंबाट सुर्खेत उडेको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सको एउटा जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि अवतरणमा अवरोध भएको छ ।

श्री एयरलाइन्सको ‘९एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४००’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार उडेको थियो।

विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकुर दौडिएपछि जहाजलाई ‘टर्न’ गरेर एक फन्का घुमाइएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए।

‘जहाज अवतरण गर्न गइरहेका बेला धावनमार्गमा एक्कासि कुकुर दौडिएपछि जहाजलाई टर्न गरेर आकाशमै एक फन्का लगाउनुप¥यो,’ मानन्धरले अनलाइनखबरसँग भने, ‘विमानस्थलका सुरक्षाकर्मीले धावनमार्गबाट कुकुर धपाएपछि जहाज सकुशल अवतरण गरेको छ ।’

उनका अनुसार जहाज पूर्ण यात्रु क्षमतामा उडेको थियो । जहाज र यात्रु सबै सकुशल छन् । उक्त जहाज पुनः यात्रु बोकेर सुर्खेतबाट काठमाडौं फर्किसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖