• Saturday 17th of October 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖