• Saturday 17th of October 2026

हेर्नुहोस पौष ३ गते बुधवारको राशिफल


  • धनकुटा खबर
  • .

श्री शाके १९४६ बि स २०८१ साल पौष ०३ गते बुधबार इश्वी सन २०२४ डिसेम्बर १८ तारीख पौष कृष्णपक्ष तृतिया तिथी तिष्य नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन हेमन्तऋृतु आप्रवासनदिवस –ज्यो पं. सरोज घिमिरे

मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।

मीथुन राशि-का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजन को साथ प्राप्त हुनेछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको साथ सहयोगमा गरीएका कार्यहरु प्रभाबकारी रहन सक्नेछ । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ ।

तुला राशि- र,रि, रु, रे, रो, ता, ति, तु, ते
बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु
भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारीक झोरझमेला ले सताउनेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ ।

मिन राशि-दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖