• Saturday 17th of October 2026

आफ्नै प्रेमिकाको हत्या गर्ने यी युवक…


  • धनकुटा खबर
  • .

महोत्तरी । महोत्तरीमा प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीका मन्दीप कुमार यादवलाई पक्राउ गरेको हो।

महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवैजनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा वेशारिसे अवस्थामा शव फेला परेका थिए।

टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमासँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖