• Saturday 17th of October 2026

जनकपुरले एनपीएल उपाधि जितेकोमा गाउँपालिकाले दियो आज सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।

शनिबार काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले १ करोड १० लाख पुरस्कार राशिसहित एनपीएल उपाधि हात पारेको हो।

सो अवसरमा सखुवा प्रसौनी गाउँपालिकाले विज्ञप्ति जारी गरी आज एक दिनका लागि आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ- नेपालको पहिलो एनपीएल (नेपाल प्रिमियर लिग) प्रतियोगिताको फाइनलमा छनौट भई मधेश प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले ऐतिहासिक जित हासिल गरेको अवसरमा यस सखुवा प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०६१।०९।०६ गतेको निर्णयानुसार मिति २०६१।०९।०७ गते आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वितिय संस्था, सबै स्वास्थ्यचौकीमा अति आवश्यक सेवाबाहेक १ दिनको स्थानीय बिदा हुने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖