• Saturday 17th of October 2026

फल र बिउ खाने यो जीव अचानक किन भयो मांशाहारी ?


  • धनकुटा खबर
  • .

स्थल जीवको रुपमा रहेको लोखर्केलाई हामी प्रायः रुख, तार, पर्खाल तथा भुईंहरुमा दौडिरहेको देख्छौं। यसले प्रायः फलफूलका बिउ, फलफूल, नट्स तथा पातहरुको खाएको देखिन्छ । तर, अब चाहिं लोखर्के पनि मांशाहारी बन्दै गएको छ । लोखर्के हत्यारा अर्थात् किलर बनिरहेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित केही पार्कहरुहरुमा लोखर्केले अन्य जीव मानेर मासु खाएको घटना सार्वजनिक भएको छ, खासगरी कोन्ट्रा कोस्टा काउन्टीका स्थानीय पार्कहरुमा।

निकै निर्दोष देखिने यस्ता लोखर्केहरु अचानक सिकारी मांशाहारी बन्नेछन् भन्ने कसैले सोंचेका पनि थिएनन् । ती पार्कहरुमा आजकल लोखर्केहरु मुखमा मुसा आकारको Vole भन्ने सानो जिव चेंपेर दौडिरहेको देखिन्छ । सुरुमा लोखर्केले भोललाई नृशंस तरिकाले सिकार गर्दछ र त्यसपछि उसका हड्डीबाट मासु थुतेर खान्छ। यो वास्तवमा निकै हैरान पार्ने खालको परिवर्तन हो ।

वैज्ञानिकहरुले यस्तो घटनालाई क्यामेरामा कैद गरेका छन् । खासगरी ब्रियोन्स क्षेत्रीमा पार्कमा । त्यहाँ पछिल्लो समय भोलको संख्या बढेको हुनाले लोखर्केले उक्त जीवको सिकार गर्ने गरेको छ । लोखर्केको उक्त व्यवहारिक परिवर्तनको अध्ययन गर्ने वैज्ञानिकले गरेको उक्त शोध जर्नल अफ इथोलोजीमा प्रकाशित भएको छ ।

लोखर्केमाथि निगरानी

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ विस्कन्सि इयू क्लेयरका शोधकर्ताहरुले १२ वर्षदेखि निरन्तर रुपमा ब्रियोन्स क्षेत्रीय पार्कमा ती लोखर्केहरुको अध्ययन गरेका थिए । तर, यो वर्षको गृष्मयाममा पहिलोपटक उनीहरुले उक्त अनौठो तथा अपत्यारिलो दृष्य देखे। शोधकर्ता सह प्राध्यापक जेनिफर स्मिथले एउटा लोखर्के टिम तयार गरी उनीहरुका क्रियाकलापमाथि निगरानी राख्न सुरु गरे र मांशाहारी लोखर्केका हर्कतहरुको भिडियो तथा तस्वीर बनाउन सुरु गरे ।

त्यसक्रममा त्यहाँ रहेको क्यालिफोर्नियन ग्राउण्ड लोखर्के शाकाहारी रहेको र त्यसले कहिल्यैपनि किरा, अण्डा वा सानातिना चरा तथा मुसामाथि आक्रमण नगर्ने गरेको देखिन्थ्यो । तर उसले अचानक भोलमाथि हमला गर्न सुरु गर्यो । शोधकर्ताहरुले उक्त दृष्य देखे। लोखर्केले भोललाई लखेट्दै उसको गर्धन वा टाउकोमा टोक्दछ र पक्रिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖