• Saturday 17th of October 2026

सवारी दुर्घटनामा एकैपरिवारका ३ सहित ५ जना घाइते, तामाङको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

हेटौंडा – मकवानपुरको हेटांैडा उपमहानगरपालिका–५ माछा प्लान्टस्थित कान्तिलोकपथ सडक खण्डमा आइतबार साँझ सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

पुष ६ गते साँझ ६ः४० बजे चौघडाबाट हेटौडा बजारतर्फ गइरहेको प्र.३–०२–००८ प २६२८ नम्बरको मोटरसाइकल र हेटौडा बजारबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा सोही क्रममा चौघडाबाट हेटौडा आउँदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रकको बम्परमा मोटरसाइकल परेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटर चालक, हेटौडा–१७ हटिया निवासी ३४ वर्षको रोहित तामाङ गम्भीर घाइते भएका छ । टाउको र दाहिने खुट्टामा गम्भीर चोट उनलाई थप उपचारका लागि भरतपुर सिएमसी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै घाइतेहरु स्कुटर पछाडि सवार, रोहित तामाङकी श्रीमती ९२८ वर्षको रमिला तामाङ, उनीहरुको छोरा बर्ष ८ को रोजन तामाङ, मोटरसाइकल चालक हेटौंडा–३ बसामाडी निवासी वर्ष ३५ को गोपि तामाङ र मोटरसाइकल पछाडि सवार हेटौंडा–१९ नेवारपानी निवासी बर्ष ३० को बिष्णु प्रजाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, स्कुटर, र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक मकवानपुर, हेटौडा–१३ निवासी ३० वर्षीय सुकराम घलानलाई इलाका प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖