• Saturday 17th of October 2026

आजदेखि हिउँदे वर्षा सुरु हुने


  • धनकुटा खबर
  • .

काठमाडौं — हिउँदे वर्षा सोमबार सुरु हुने भएको छ। पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका भूभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ।
उच्चपहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ । गण्डकी प्रदेशका उच्च भेगमा समेत हिमपात हुने मौसमविद् अधिकारीले जानकारी दिए।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको अधिकारीले बताए। यो प्रणालीले अन्य प्रदेशमा पनि मौसम बदली हुने तर पानी नपर्ने उनको भनाइ छ।

यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने तर पूर्वी नेपाल सम्म नपुग्ने महाशाखाले जनाएको छ। बिहान तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖