• Saturday 17th of October 2026

मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको आज निधन भएको छ । जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी मृत फेला परेको पारिवारिक स्रोतले बताएको छ ।

उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖