• Saturday 17th of October 2026

चन्द्रागिरि–१२ का वडा अध्यक्ष न्हुच्छे महर्जन पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖