• Saturday 17th of October 2026

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले सेतोपाटीलाई बताए।

चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो।

सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए। उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖