• Saturday 17th of October 2026

एक महिला ९ दिन देखि बेपत्ता


  • धनकुटा खबर
  • .

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडीकी जयन्ती धामी विगत ९ दिन देखि बेपत्ता हुनुभएको छ ।

पुष २ गते घरबाट घास काट्न जान्छु भनी गएकी धामी बुधवार आजसम्म पनि घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका बसै सदस्य घरमै भएका बेला घास काट्न जान्छु, भनी गएकी जयन्ती घर नर्फिएको उनका आफन्त गम्भीर सिह धामीले जानकारी दिनुभयो ।

घास काट्न गएकी जयन्ती बेपत्ता भएपछि प्रहरीको सहयोगमा खोजीकार्य भइरहेको छ।

प्रहरी र स्थानियले खोजी गर्दा पनि अहिले सम्म फेला पार्न नसकिएको बेतत्ता जयन्तीका आफन्त धामीले बताउनुभयो । घरमा एक छोरा एक छोरी र श्रीमान छोडर बेपत्ता भएकी जयन्तीलाई खोज्न स्थानीयहरुले प्रहरीमा निवेदन समेत दिएको बताएका छन् ।

बेपत्ता महिलालाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजि गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖