• Saturday 17th of October 2026

खोटाङमा सुमो दुर्घटना हुंदा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

खोटाङमा सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बुधबार काठमाडौँबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोख्रेलले जानकारी दिए।

सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झर्दा राई गम्भीर घाइते भएका थिए।

उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोले बाँकी यात्रुलाई गन्तव्यमा झारिसकेर उनलाई पु¥याउन जाँदा दुर्घटना भएको हो। गाडीमा उनी मात्रै थिए।
गाडीको मुनी काठ अड्किएपछि चालक झरेर काठ हटाउने क्रममा सुमो पल्टिएको चालकले बताएका छन्।

सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖