डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा डेढ हप्ता देखि बेपत्ता पुरुष मृत फेला परेका छन् ।
परशुराम नगरपालिका– ७ ठुलागडाका तिर्थ धानुक मृत भेटिएका हुन् । गत पौष २७ गते बेपत्ता धानुक महाकाली नदीस्थित श्रीकुण्डमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको खोजीमा परिवार र आफन्त जुटिरहेकोमा आज बिहान शव महाकाली नदिमा फेला परेको हो ।
अहिले घटना स्थलमा प्रहरी पुगिरहेको छ । उनका श्रीमती र एक छोरी छन्
